नियम २१३
सम्पत्तिको जिम्मा, त्यसको लगत र संरक्षण
(१) स्थानीय निकायको चेकबुक, नगद, बैड्ढ मौज्दात र त्यसको स्रेस्ता, धरौटी र त्यसको स्रेस्ता, आम्दानीको स्रेस्ता आर्थिक प्रशासन शाखा प्रमुखको जिम्मामा रहनेछ । मालसामान तथा तत्सम्बन्धी स्रेस्ता भण्डार अधिकृत वा भण्डार सहायकको जिम्मामा रहनेछ । तर गाउ“ विकास समितिको हकमा सचिवको जिम्मामा रहनेछ ।
(२) उपनियम (१) बमोजिम जिम्मा रहेको मालसामानको हिनामिना नहुने गरी संरक्षण गर्ने कर्तव्य जिम्मा लिने कर्मचारी र अधिकार प्राप्त अधिकारीको हुनेछ ।
(३) उपनियम (२) बमोजिमको काम गर्न अधिकार प्राप्त अधिकारीले आÇनो जवाफदेहीमा आफूभन्दा मुनिका अन्य कर्मचारीलाई तोक्न सक्नेछ ।